मुख्य सामग्रीमा जानुहोस्
011-415042
अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था लि.

सदस्यका अनुभव

उहाँहरूकै शब्दमा

सदस्यहरूले अटल पाँचकुण्ड साकोससँगको आफ्नो अनुभव सुनाउँछन्।

तस्बिर: Sushanta Rokka / Unsplash

Uday Prakash Giri

Uday Prakash Giri

सदस्य नं. 0616

“आज बिभिन्न सहकारीहरु विविध समस्याग्रस्त भएको अवस्थामा पनि समस्या रहित भई सम्पूर्ण सदस्यहरुलाई विश्वसनिय र भरपर्दो सेवा प्रदान गर्ने जिल्लाको उत्कृष्ट सहकारीको रुपमा चिन्दछु।”

यस संस्थामा म विगत आधा दशक भन्दा अगाडि देखिको एक साधारण सदस्य हुँ।

यस संस्थाको बारेमा नजिकबाट भन्नुपर्दा सदस्यहरुको बचतलाई मध्येनजर गर्दै उचित ब्याज उपलब्ध गराई, सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने संस्थाको रुपमा चिन्दछु।

सहकारीहरूको यस्तो समस्याग्रस्त अवस्थामा पनि संयम भई सदस्यहरूलाई कुनै पनि अप्ठ्यारो अवस्थाको महसुस हुन नदिई विना खोट सहकारी सञ्चालन गर्नुहुने सञ्चालक समिति, बिचलित नभई कार्यालय सञ्चालन गर्ने प्रबन्धकज्यू, ऋण असुलीमा भरपुर समय खर्च गरेर संस्थालाई दिगो र बलियो बनाउने ऋण अधिकृतज्यू लगायत सम्पूर्ण कर्मचारीहरू र सिङ्गो अटल पाँचकुण्ड सहकारीको टिमलाई हृदय देखिनै धन्यवाद दिन चाहन्छु।

हाम्रो हालको वेबसाइटमा मूल कथा

सुनाउन चाहेको कथा छ?

अटल पाँचकुण्डले तपाईं वा तपाईंको परिवारलाई सहयोग पुर्‍याएको छ भने हामी तपाईंको अनुभव सुन्न चाहन्छौं। हाम्रो कार्यालयमा सम्पर्क गर्नुहोस्।